वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी सिरिजको अन्तिम टि–२० खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिज ३–१ ले अघि रहँदै उपाधि जितिसकेको छ ।

आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् ।

वेस्ट इन्डिजले पनि आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइनलाई अवसर दिएको छ ।

आजको खेलपछि नेपाल विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र सागर ढकाल छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *