पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट अभियन्ता’ पुरस्कार

राष्ट्रिय सूचना आयोगले पत्रकार आदित्य दाहाललाई ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार– २०८१’ प्रदान गरेको छ ।

सूचनाको हकको क्षेत्रमा लामो समयदेखि क्रियाशील सिन्धुपाल्चोकका दाहालसहित चार जनालाई राष्ट्रिय सूचना आयोगले शनिवार पुरस्कारसहित सम्मान गरेको हो । आयोगको १७ औँ स्थापना दिवसको अवसरमा शितलनिवासमा आयोजना भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कारसहित सम्मान गरेका हुन् ।

दाहालले सूचनाको हकको अधिकारमार्फत देशभरिका सार्वजनिक निकायहरूलाई पारदर्शी, जबाफदेही र उत्तरदायी बनाउन सूचना माग गरी वेथिती विरूद्ध आवाज उठाउँदै आएका छन् । संविधान प्रदत्त आफ्नो मौलिक अधिकार प्रयोग गरी सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य गतिविधिको उजागर गर्ने र सो निकायलाई पारदर्शी बनाउन सबै नागरिक सचेत हुनुपर्ने दाहालको धारणा छ ।

‘लोकतन्त्रको अक्सिजनको रूपमा रहेको सूचनाको हकको प्रयोगले आफ्नो मात्रै नभई सार्वजनिक सरोकारका विषयहरू बाहिर ल्याउन मद्दत गर्छ, त्यसैले यस हकको प्रयोग गरी सार्वजनिक निकायलाई जवाफदेही बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्छ’, दाहालको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर