सीप मेला : १९ गतेसम्म फाराम भर्नेलाई वैशाख २८ भित्र तालिम दिइने

वैशाख १९ गतेसम्म आवेदन दिएकाहरुलाई ‘सीप मेला २०८१’ मा सहभागी गराइने भएको छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा भने अर्को व्यवस्था गरिने आयोजकले जनाएका छन् ।

सीप मेला निर्देशक समितिका सदस्य सुदीप अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई वैशाख २८ शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ ।

मेलाअन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ ।

यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *