वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

जारी सिरिजको अन्तिम टि–२० खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध ६ विकेटले विजयी भएको छ । नेपालले पाएको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले ५१, अनिल साहले ५८, कुशल मल्लो ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’का लागि म्याकोयले ३ विकेट लिए ।

यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ कालागि अलि अथान्जेले ४२, जोनसन चाल्र्सले २४, फोर्डले २, रोस्टन चेजले ३३ रन बनाए ।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिए ।
वेस्ट इन्डिजले ३–२ ले अघि रहँदै सिरिजको उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *