बलात्कार कसुरका अभियुक्त १० वर्षपछि पक्राउ

कास्की प्रहरीले बलात्कार कसुरमा १० वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ स्थायी घर भई हाल पोखरा बस्ने वर्ष ३७ का पूर्णबहादुर गुरुङ छन् ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङसहित ४ जनाले २०७१ असार ६ मा पोखरा महानगरपालिका–१५ शिवशक्ति चोकस्थित क्रान्तिकारी टोल नजिकै ४२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेका थिए । उनीहरुले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामूहिक करणी गरेको प्रहरीले जनाएको छ ।

यस घटनामा कास्की जिल्ला अदालतले २०७९ मंसिर २३ मा फैसला सुनाएँदै दोषीहरुलाई ११ वर्ष कैद सजाय र.२५ हजार जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर