माओवादीकी पञ्चा सिंहसहित ५ विरुद्ध हत्या कसुरमा मुद्दा नचल्ने

सत्तारुढ माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध हत्या कसुरको मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले निर्णय गरेको छ । कार्यालयले मुद्दा चलाउनुपर्ने प्रमाणहरु नदेखिएको जनाएको हो ।

२०६५ फागुन २६ कालिकोटका राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध हत्याको आरोप थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीका अनुसार पुरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध मात्र वैशाख १८ मा मुद्दा दायर भएको छ ।

विद्यार्थी संगठनमा संलग्न राजबहादुर मल्लमाथि २०६५ फागुन २६ मा बेलुका सुर्खेत बसपार्कमा आक्रमण भएको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । परिवारले उनको हत्यामा सिंहसहितका व्यक्ति संलग्न रहेको आरोपमा प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर