जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाट

जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ ।

धनुषा प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर हतियारधारीले ८० लाख लुटेका हुन् ।

बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले लुटेको उनले प्रहरीलाई बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा लुटपाट भएको र थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

–यसअघि शीर्षकमा ‘८० लाख’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । –सं.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर