यस्ता छन् नरिवल पानी खानुका फाइदा

नरिवल पानी जैविक रुपमा स्वस्थ र सफा पेय पदार्थ हो । हामीले दैनिक खाने नरिवल फलफूल परिवारअन्तर्गत पर्ने महत्वपूर्ण फल हो । पोषणयुक्त यस फल स्वास्थ्यको पर्यायवाची नै बनेको छ ।

यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ । यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ । शून्य कोलेस्ट्रोल यो पानी अत्यन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पदार्थ हो । यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ ।

मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन् । एक अध्ययन अनुसार नरिवल पानीले हृदयाघातको खतरालाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनाबश्यक तरल पदार्थलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ । नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र हृदयाघातको खतरा न्यून हुन्छ ।

शरीरलाई शीतलता प्रदान

अहिले गर्मीयामको समय छ । गर्मी र त्यसपछि पसिनाले शरीर सजिलै सुख्खा हुन्छ । गर्मी भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सक्दैन । कार्बोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो ।

किड्नी स्टोनको खतरा घटाउँछ

नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ । यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रवाहलाई वृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउँछ । यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रवाहलाई तीव्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ ।

पखालाको उपचार

तपाईंलाई पखला लागेको छ ? यदि हो भने नरिवल पानी अचूक औषधी हो । नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ति मात्र गर्दैन इलेक्ट्रोलाइट र खनिज पनि प्रदान गर्छ । शरीरभित्र भएका अनावश्यक हानिकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ । नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ । हाम्रो शरीरमा आवश्यक पर्ने इलेक्ट्रोलाइट तह नरिवलमा पाइन्छ ।

फुर्तिलो र तन्दुरुस्ती बढाउँछ

ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायामको क्रममा डिहाइड्रेसनको सम्भावना हुन्छ । यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पदार्थ हुन सक्छ । व्यायामपछिको डिहाइड्रेसनबाट बच्नका लागि पनि यसको महत्व छ । यसमा क्यालोरिको मात्रा न्यून तथा पोटासको मात्रा उच्च भएकोले शरीरबाट खेरा गइरहेको झोललाई पूर्ति गर्नका लागि पनि यसको महत्व छ ।

छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ

भद्दा छालालाई चमक बनाउने इच्छा कसको हुँदैन र ? निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ । त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ । नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउँछ ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति

नरिवल पानी स्वाभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउँदा सुरक्षित मानिन्छ । गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लीयपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ । त्यस्तै गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर