रास्वपाको बैठकमा मन्त्रीहरुको कार्यसम्पादनमा प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यसम्पादनमा प्रश्न उठेको छ ।

केही सांसदले मन्त्रीहरूको कार्यसम्पादन अपेक्षित हुन नसकेको भन्दै आलोचना गरेका हुन् । रास्वपाका मन्त्रीहरुको कार्यसम्पादनमा सन्तुष्ट हुने ठाउँ नभएको अन्य सांसको भनाइ छ ।

हाल रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री छन् । गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनको प्रकरणमा मुछिएका छन् ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसले उठाउँदै आएको छ । रास्वपाको आजको बैठकमा व्यक्तिकेन्द्रित नभई हुने छानबिनका लागि रास्वपा बाधक नभएको पनि उक्त पार्टीको भनाइ छ । यस विषयमा मंगलबारको बैठकमा पनि छलफल भएको छ ।

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको बताइन् । उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल गरेको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर