शीर्ष नेतासँग सभामुखको छलफलका यस्ता छन् एजेन्डा

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुख देवराज घिमिरेको बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सहभागी छन् ।

सभामुख घिमिरेले बजेट अधिवेशनअघि शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । बजेट अधिवेशन यही वैशाख २८ देखि सुरु हुँदै छ ।

कांग्रेसले यसअघिको हिउँदे अधिवेशनमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको थियो । समिति नबनाएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

उक्त मागलाई कांग्रेसले बजेट अधिवेशनमा पनि कायम राख्ने जनाएपछि सभामुखले यस विषयमा छलफलका लागि पनि बैठक डाकेका हुन् । प्रधानमन्त्री दाहालले भने सहकारी ठगी प्रकरणमा व्यक्तिकेन्द्रित नभई समग्र संकटग्रस्त सहकारीको छानबिन गर्न समिति बनाउन सकिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर