बचत फिर्ता गराउन सहकारी सञ्चालकको सम्पत्ति जफत गर्ने निर्णय भइसकेको छः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा बचतकर्ताहरुको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताएका हुन् ।

आगामी संसदको बैठकमा सो निर्णयलाई प्रस्तावको रुपमा लैजाने तयारी रहेको पनि उनले बताए । सहकारीको रकम हिनामिनामा आफ्नो विरुद्ध कतै पनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको लामिछानेको भनाइ थियो ।

उनले कांग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘आधार नभइसकेपछि कतै उजुरी गयो भने संसदमा हंगामा गर्न बस्नुहुँदैन । कतै मुद्दा नै चलेको छैन । एउटा मान्छेले आफ्नो अफर मान्यो भने त्यो भन्दा माथिल्लो पदका लागि पनि तयार हुने, होइन भने भोलिपल्ट बिहानै जिरोध । दिनभर राजीनामा दे भन्ने राति अर्कै च्यानलबाट अर्कै कुरा गर्ने यहाँ पनि त प्रश्न आयो नि,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर