गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको छ ।

मंगलबार सभामुख देवराज घिमिरे र दलका शीर्ष नेताबीच छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा संघीय संसदको आगामी अधिवेशनबारे छलफल भएको र कांग्रेसले संसदीय छानबिन समिति गठन हुनुपर्ने मागलाई यथावत् राखेको बताए ।

सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर्न गम्भीर भएर लाग्नेमा आशावादी रहेको उनको भनाइ छ । लेखकले सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको देखिएको तरे सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको र समस्या सम्बोधन नगरेको जिकिर गरे ।

‘राजीनामा र मुद्दा अहिले हुनुपर्छ भनेका छैनौँ । कुरा उठिसकेपछि संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्छ भनेका छौँ । सरकारले बनाउँछ भन्ने विश्वास छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर