राष्ट्रियताको विषयलाई सस्तो नबनाऔंः रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् ।

विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन उनले आग्रह गरे ।

मन्त्री उप्रेतीले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरुसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताए ।

‘एशियाका दुई शक्तिशाली राष्ट्रबीच रहेको नेपाल संवेदनशील भूराजनीतिक अवस्थितिमा छ । अतः हाम्रो सन्दर्भमा राष्ट्रिय सुरक्षाको विषय धेरै पेचिलो र यो विषयलाई राजनीतिक तथा प्रशासनिक नेतृत्व तथा नीति निर्माण तहमा काम गर्ने प्रत्येक कर्मचारी, पदाधिकारीहरुले गम्भीरताका साथ बुझ्न र गहिरोसँग मनन गर्नको निम्ति आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर