सट्टेबाजी खेलाउने १३ जना पक्राउ

बुटवलमा अवैधरुपमा अनलाइन गेम (सट्टेवाजी) खेलाउने १३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा सोमबार पक्राउ परेका उनीहरू लामो समयदेखि बुटवलको कालिकानगरमा घर भाडामा लिएर यस्तो गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा पक्राउ परेका १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गरेको सबै सामग्रीहरू प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो सवा ३ बजे कालिकानगरस्थित अञ्जन शर्माको घरको पहिलो र दोस्रो तलामा रहेको यो टोली पक्राउ गर्न प्रहरी नायव उपरीक्षक विजयराज पण्डित आफै खटेका थिए ।

सट्टेबाजीमा प्रयोग भएको ल्यापटप १३ थान, मोबाइल ३९ थान, राउटर थान ४ सहित विद्युतीय उपकरणहरू बरामद गरी उनीहरू उपर जुवा सट्टेबाजी शीर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर