कोशीमा नयाँ सरकार गठन गर्न माग गर्दै एमाले र माओवादीको पत्र

एमाले र माओवादीले कोशीमा नयाँ सरकार गठन आह्वान माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोले पत्र बझाएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको उनीहरुको छ ।

‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर