बाँकेमा गाेली हानेर लागूआ‍ैषध काराेबारीलाई नियन्त्रणमा लिइयाे

बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।

ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार २६ वर्षीय सुशील परियार,  २७ वर्षीय प्रमोद कार्की पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।

प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल बहादुर कार्कीले बताए ।उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर