एमालेका हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आह्वान गरेको सरकार गठनमा दाबी पेस गरेका थिए ।

उनलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रदेश प्रमुख खापुङले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । एमाले र माओवादीले बुधबार नै नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । कांग्रेसका केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परे पनि ३० दिनभित्र विश्वासको मत नलिएकाले काम चलाउ सरकार बनेको र नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने उनीहरुको तर्क थियो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठन आह्वान गरेपछि कार्की पदमुक्त भएका थिए । उनी नयाँ सरकार गठन आह्वानविरुद्ध रिट दर्ताका लागि सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर