सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको शव फेला परेको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुर शाखाका सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फुँयाल फत्तेपुर–२ का निवासी थिए । राति ड्युटीमा कार्यालयमा रहेका उनको शव आज बिहान फेला परेको हो ।

प्रहरीले हत्याको कारण र संलग्नको पहिचान खुलिनसकेको र हाल अनुसन्धानकै क्रममा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *