यादव नेतृत्वको जसपामा फेरि विभाजन, पहिचानवादी मोर्चा घोषणा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । विभाजित समूहको नेतृत्व महेन्द्र लावतीले गरेका छन् भने उक्त समूहले आफूलाई पहिचानवादी मोर्चा घोषणा गरेको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले जसपा नेपालबाट अलग्गिएर पहिचानवादी मोर्चा घोषणा गरिएको जानकारी दिएका हुन् ।

मोर्चाले पहिचानका मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउन प्रयास गरिने जनाएको छ ।

केही वर्षअघि संघीय लिम्बूवानमा रहेको यो समूह जसपामा मिसिएको थियो । जसपा नेपालबाट केही दिनअघि अशोक राई नेतृत्वको अर्को समूह पनि विभाजित भएर नयाँ दल बनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर