अशोक राईले खुलाए जसपा विभाजनको कारण

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको राईको भनाइ छ । राईले नवगठित जसपा अस्थिरताको कारक नहुने समेत बताए ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको अंकगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अन्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताए ।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताए । उनले संवैधानिक अंगले वकिलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको दाबी गरे ।

कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउँदै उनले विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर