मेयर भ्रष्टाचारमा मुछिँदा चलचित्र निर्मातालाई तनाव

गत वर्ष निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ को घोषणा गरे । सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा फिल्म बनाउन लागेको उनले घोषणा गरेका थिए ।

बाग्मती नगरपालिकामा दोस्रो पटक मेयर निर्वाचित भएका थापा कृत्रिम भरत ताल निर्माण गरेर पर्यटन विकासमा भूमिका खेलेका कारण चर्चामा थिए । तर, अहिले तिनै मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेपछि फिल्म टोली तनावमा परेको छ ।

मेयरको मुख्य अभिनेतामा खगेन्द्र लामिछाने छन् । चलचित्रमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, ऋचा शर्मालगायतले पनि अभिनय गरेका छन् । मेयर थापाले आफ्नी छोरी अर्विसालाई पनि फिल्ममा अभिनय गराएका छन् ।

गत माघदेखि छायांकनमा गएको यो फिल्मका निर्माता निर्देशक मेयर थापामाथि नै मुद्दा परेपछि समस्यामा परेका छन् । फिल्ममा मेयर थापाले पनि लगानी गरेका छन् ।

फिल्मको सुटिङ अन्तिम चरणमा पुगिसकेको छ । फिल्ममा मेयर थापाको राम्रो काम प्रस्तुत गरिएको छ । तर, भ्रष्टाचारको मुद्दा दायर भएपछि फिल्म निर्माता टोलीलाई प्रदर्शनीमा समस्या भएको हो ।

अख्तियारले गत चैत २८ मा थापाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायरभएसँगै उनी मेयर पदबाट निलम्बित भएका छन् । अख्तियारले मेयर थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख भ्रष्टाचार गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर