अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा आफ्ना धारणा प्रस्तुत गर्दै अध्यक्ष दाहालले सरकारको तर्फबाट संसदमा पेस गर्ने विधेयकहरू निर्क्याैल गरी अधिवेशन प्रारम्भ हुनुअगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रूप प्रदान गर्न सहज हुने बताए ।

उनले सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गरे । उनले सभाको पन्ध्रौँ अधिवेशन अवधिमा दुवै सभाबाट तीनवटा विधेयक पारित भएको र त्यसमध्य दुईवटा विधेयक राष्ट्रियसभामा नै उत्पत्ति भएका विधेयक रहेका बताए ।

उनले सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेका बताए । उनले दुईवटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका र १० वटा विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर