संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै उनले कांग्रेसको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको जानकारी गराए ।

संसदीय छानबिन समिति बनाउनु गठनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको भन्दै उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर