राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयो : नेता शर्मा

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तरबिरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए ।

उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले २०१३ सालको कानून चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवशयक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर