अनुशासन मिच्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड भुक्तानी, कसलाई कति ?

अर्थमन्त्री वर्षमान पुनले बजेट अनुशासन मिचेको पाइएको छ ।

अर्थमन्त्री पुनले बजेट  अनुशासन मिच्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड ५७ लाख भुक्तानी दिएका हुन् । उनले बजेटभन्दा बाहिरबाट रकमान्तर, स्रोतान्तर, थप निकासा र अर्थ विविधबाट भुक्तानी दिएका हुन् ।

बजेट कार्यान्वयनमा अनुशासन नहुँदा सार्वजनिक वित्तीय व्यवस्थापन तथा अर्थतन्त्रमा स्वाभाविक रूपमा असर परेको छ । बजेट तथा कार्यक्रम समय प्रवाहअनुसार खर्च नभएपछि अर्थ मन्त्रालयले बजेट बाहिरबाट भुक्तानी दिएको हो । बजेट भन्दा बाहिरबाट अर्बाैँ  रुपैयाँ खर्च हुन थालेपछि बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

बजेट बाहिरबाट कसलाई कति भुक्तानी ? 

सुनकोशी मरिन डाईभर्सनः  एक अर्ब, रकमान्तर

नारायणी नदी व्यवस्थापनः ४० करोड, रकमान्तर

आफू निकट कर्मचारीलाई सहयोगः ६४ लाख ८८ हजार, वितरण

सासंद चन्द्रकान्त भण्डारीको स्वास्थ्य उपचार खर्च: ५५ लाख ८८ हजार भुक्तानी

बुटवल महानगरपालिकाको अधुरा आयोजना: ३ करोड २८ लाख भुक्तानी

रासायनिक मल खरिद: ७ अर्ब ७९ करोड, स्रोत सहमति

सुनसरी मोरङ सिँचाइ आयोजना: १९ करोड, रकमान्तर

विद्युतीय सुशासन आयोग:  ३६ लाख ८७ हजार, रकमान्तर

कृषि सामाग्री केन्द्र र मल रिद तथा पुरानो भुक्तानी: ३ अर्ब ३२ करोड ९४ लाख निकासा

विद्युतीय राहदानी: ८८ करोड १५ लाख, निकासा

आन्तरिक ऋणको सावाँ ब्याज भुक्तानी: २७ अर्ब, रकमान्तर

राष्ट्रिय हरवोरियम भवन निर्माण: ४० करोड ५० लाख, स्रोत सहमति

सामाखुसी टोखा गुन्जे सडक आयोजना: विनियोजन ६ करोड, स्रोत सहमति ७ करोड ६२ लाख

सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सामा मुआब्जा वितरण: ५० करोड, रकमान्तर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर