पत्थरीका बिरामीले कस्ता कुरामा ध्यान दिने ?

मानिसको शरीरमा हुने पत्थरीबारे त हामी धेरैले सुनेका छौ । तर यस्ता पथ्थरी के कारणले हुन्छ । पत्थरी हुदाँ के खाने, के नखाने भन्नेबारे चाँहि थोरैलाई मात्र थाहा छ । विशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पथ्थरी विभिन्न कारणले हुने गर्छ । यस्ता पत्थरी युरिक एसिड क्रिस्टल, फोसफोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट क्रिस्टल गरी तीन किसिमका हुन्छन् ।

कारण
गलत खानपान
पानी तथा तरल पदार्थको कम सेवन
अधिक नुनको सेवन
जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु
हाइपर थाइराइटिज्म
उच्च तौल तथा मोटोपना
उच्च रक्तचाप तथा मधुमेह
र, आणुवंशिक ।

के गर्ने ?
खानपिनमा विशेष ध्यान पुर्याउने।
चिल्लो, पिरो खानेकुराको कम सेवन गर्ने ।
दैनिक व्यायाम गर्ने ।
पानी प्रशस्त पिउने ।
धेरैबेरसम्म पिसाब नरोक्ने ।
बेलाबेलामा स्वास्थ्य परिक्षण गर्ने ।
वर्षमा एकपल्ट अल्ट्रासाउण्ड गरेर पत्थरी भए नभएको चेकजाच गर्ने ।
पत्थरी छ भने सुरुमै सतर्कता अपनाउन सकिन्छ । सानो ढुङ्गा छ भने प्रशस्त मात्रामा पानी पिएको खण्डमा पनि त्यसलाई निकाल्न सकिन्छ । ठूलो छ भने अपरेशनै गर्नु पर्ने, औषधी नै खानुपर्ने अवस्था आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *