![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी](https://www.pardafas.com/wp-content/uploads/2024/05/game-18.jpg)
नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।
विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।
प्रतिक्रिया