सुरक्षा लापरबाहीले सशस्त्र प्रहरीको गोदाममा आगलागी : गृह समिति

सशस्त्र प्रहरीको गोदाममा लागेको आगलागी सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले सुरक्षा लारबाहीका कारण आगलागी भएको निष्कर्ष निकालेको छ ।

एक महिनाअघि सहसचिव भरतमणि पाण्डे नेतृत्वमा गृहले समिति बनाएको थियो । समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ ।

गत चैत २६ मा सशस्त्र प्रहरीको बलम्बुस्थित कार्यालयमा आगलागी भएको थियो । आगलागीमा करोडौंको सामान जलेर नष्ट भएको थियो । गोदाममा सशस्त्र बलका अधिकृतदेखि जवानसम्मका लागि चाहिने पोसाक, विपद् व्यवस्थापनका सामान, भीड नियन्त्रणका लागि प्रयोग गरिने सामानलगायत थियो ।

गृहको समितिले आगलागीको कारण पहिल्याउन सकेको छैन । उक्त गोदामको सुरक्षाका लागि पर्याप्त जनशक्ति नभएको र सुरक्षा संवेदनशीलता नदेखिएको निष्कर्ष निकालेको गृह स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *