निर्वाचनको २ वर्षपछि व्यासका मेयरको पुनः मतगणना गर्न आदेश

उच्च अदालत पोखराले निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिको मेयरमा कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ पाएका थिए ।

मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । उनै जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

पुनः मतगणना गर्न आदेश दिएसँगै मेयर न्यौपानेले पुनरावेदन दिने मनस्थिति बनाएका छन् । चुनावमा कुनै धाँधली नभएकाले पुनः मतगणाना नै भए पनि नतिजामा कुनै तलमाथि हुन नसक्ने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *