ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो । एपिएफले तीन खेलमा छ अङ्क बटुलेको छ ।

त्यस्तै सुदूरपश्चिमले दुई खेलमा चार अङ्क रहेको छ । यता ललितपुरको तीन खेलमा दुई अङ्क रहेको छ भने समान दुई/दुई खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन् ।

आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले नौ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन । उनले ३५ बलमा आठ चौकासहित ५० रन बनाएकी हुन् ।

त्यस्तै ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा समान एक÷एक रनमा अविजित रहे ।

ललितपुरका लागि कृतिका मरासिनीले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो । कप्तान पुजा महतोले सर्वाधिक २४ रन बनाइन । उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन् । त्यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन् ।

एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले समान एक /एक विकेट लिए । विभिन्न पाँच टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *