स्काईवाक टिकटमा एसबिआई बैंकका सेवाग्राहीलाई २० प्रतिशतसम्म छुट

नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख विनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीको उपस्थितिमा सम्पन्न भएको हो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *