टी–२० अलराउन्डर वरीयताको शीर्ष १० भित्र ऐरी

नेपाली क्रिकेट राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र परेका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको सूचीअनुसार उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन् । वरीयताको शीर्ष स्थानमा बंगलादेशका सकिब अल हशन छन् ।

दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हसरंगा, तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी, चौंथोमा जिम्बावेका सिकन्दर राजा, पाँचौंमा दक्षिण अफ्रिका एडिन माराक्रम, छैटौंमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौंमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन् ।

टी–२० अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं, रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *