सफाइ पाएपछि सन्दीपले भने– ढिलै भए पनि न्याय पाएँ

बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन् । उच्च अदालत पाटनले आज उनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसला उल्टाएका हुन् । उच्च अदालतले सन्दीपविरुद्ध परेको मुद्दामा प्रमाण नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो ।

सन्दीपले अदालतप्रति आफ्नो विश्वास रहेको र भविष्यमा पनि रहने बताएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *