नीति तथा कार्यक्रम कार्यान्वयन हुनेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे।

अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोबल उच्च बनाउने बजेट ल्याउने बताए। उनले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताए।

उनले व्यवसायीले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने बताए।

उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए। उनले निजी क्षेत्र निरुत्साहित हुन नहुने बताए। उनले सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताए।

अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोसिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गरे। उनले करका नीति मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताए। उनले व्यावसायिक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने बताए।

उनले शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताए। उनले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताए।

उनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताए। उनले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *