सचिवमा पौड्याल र मिश्र बढुवा

मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदले बैठकले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ ।

बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो ।

यस्तै कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *