नीति तथा कार्यक्रम बनाउन बालेनलाई यस्तो छ काठमाडौंवासीको सुझाव

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटका लागि मागेको सुझावमा सबैभन्दा बढी सार्वजनिक निर्माण सम्बन्धी सुझाव आएको छ ।

महानगरले नागरिकको सुझावका लागि निर्माण गरेको पोर्टलमा २३ वटा शीर्षक राखिएको छ । जसमध्ये सबैभन्दा बढी सार्वजनिक निर्माणसम्बन्धी १९ वटा सुझाव आएको छ ।

यो समाचार तयार पार्दासम्म शिक्षासम्बन्धी ११ वटा सुझाव आएको छ । वातावरण व्यवस्थापन, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपन्छीसम्बन्धी ७/७ वटा, सहरी व्यवस्थापन, राजस्वसम्बन्धि ६/६ वटा सुझाव आएको छ ।

त्यसैगरी पार्क तथा हरियाली व्यवस्थापनसम्बन्धी ५ वटा, स्वास्थ्य, जग्गा एकीकरण आयोजनासम्बन्धी ४/४ वटा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम, सूचना प्रविधिसम्बन्धी ३/३ वटा, वित्तीय सुशासन, सार्वजनिक निजी साझेदारी, संघ तथा प्रदेश पूर्वाधार विकास, विपद व्यवस्थापन, सम्पदा तथा पर्यटन, योजना अनुगमनसम्बन्धी २/२ वटा, सामाजिक विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, खरिदसम्बन्धी १/१वटा सुझाव आएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ ।

महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गरेका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र यस प्रणाली वा इमेल [email protected] वा महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।

सुझावका लागि महानगरको पोर्टल लिंकः

https://esuggestions.kathmandu.gov.np/?fbclid=IwZXh0bgNhZW0CMTAAAR2-0rRpqsuWapKfjxZvXTLbgHD_lFO37HYCoruR7lw3vn1eBloVhp-UIng_aem_AU-RKPJG-yFw0qY5UwrPSqBGn2RgYJO0iZbHRyBguDwarS376ZxVnO8-V9riCTvgtYwESTal-q7V7lwCvH5QX6Th

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर