किन भयो ट्राफिक प्रहरी जवानको हत्या ?

ट्राफिक प्रहरी जवान युवराज घिमिरे खोटाङको मझुवागढी नगरपालिका–१ घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेस्थान बस्दै आएका थिए ।

३२ वर्षीय घिमिरे बिहीबारदेखि भने बेपत्ता भए । शुक्रबार राति उनको शव काठमाडौंको तारकेश्वर नगरपालिका–९ फेला पर्यो । उनको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घिमिरेको घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरहरुमा आश्रय बनाई बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएकी १८ वर्षकी अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजय चौतारी घर भई हाल बालाजु बस्ने २१ वर्षकी विपना वसन्ती भन्ने वसुन्धरा कार्कीलाई पक्राउ गरिएको बताए ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजय चौतारी घर भई ५६ वर्षकी नुनमाया कार्की, नुवाकोटाको ओखरेका २१ वर्षका बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का ३० वर्षका दोर्जे अमृत तामाङ, र एक जना १३ वर्षको नाबालकलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।

एसएसपी रजौरेले घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको बताए । प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए ।

घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्ने कुराले उनीहरुबीच सामान्य विवाद भएको थियो ।

अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पु¥याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरु भई घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको एसएसपी रजौरेले बताए ।

घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *