गिरिबन्धुजस्तै सट्टाभर्ना लिन खोजेका १०१ कम्पनीको नाम बालेनले गरे सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका १ सय १ कम्पनीको नाम सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले ती कम्पनीको नाम सर्वजनिक गरेका हुन् । गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै ती कम्पनीले निवेदन हालेको उनको दाबी छ ।

‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आकलन गरिएको छ । सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन,’ उनले भनेका छन् ।

ती स्थानका घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग करोडौं बैना पनि लिइएको भन्दै उनीहरुविरुद्ध ठगी उजुरी सुरु गर्न पनि बालेले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *