गृहमन्त्रीले लगाएको आरोप प्रमाणित नगरे परिणाम राम्रो नहुने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले कांग्रेस र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

‘सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौती दिन चाहन्छौं, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौती छ । तपाईंले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला,’ लेखकले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *