कति छ प्रधानमन्त्री दाहालको सम्पत्ति ?

सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । यही जेठ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका–१४ मा पैतृक सम्पत्ति १४ कट्ठामा घरघडेरी छ । यो जग्गा पत्नी सीता दाहालको नाममा छ ।

पत्नी दाहालको नाममा अंशबाट प्राप्त भएको जनाइएको भरतपुर–१२ मा १ कट्ठा जग्गा छ । यस्तै, ५ तोला सुन रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर