सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयास, हेक्का रहोस् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाको सांसद गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैला सिरोहिया पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको दाबी गरेका छन् । सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।

यस्तो छ गगनको टिप्पणीः
प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।
म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *