कान्तिपुर अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

धनुषा जिल्ला अदालत आज उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको हो । जिल्ला न्यायाधीश चुडामनि खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

अध्यक्ष सिरोहियाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई सोही दिन पक्राउ गरी धनुषा लगेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *