सहकारी ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्ने

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सहकारीको ठगीविरुद्ध सदनमा विरोध र अवरोध गर्दै आएको छ । यस्तै, कांग्रेसका भातृसंगठनहरुले सडक प्रदर्शन पनि गर्दै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको भन्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *