प्रियंकालाई भारतको दादासाहेब फाल्के अवार्ड फाउन्डेसनले सम्मान गर्ने

कलाकार प्रियंका कार्की भारतको दादासाहेब फिल्म अवार्ड फाउन्डेसनबाट सम्मानित हुने भएकी छन् । फाउन्डेसनले उनलाई नेपालको बेस्ट एक्ट्रेस नेपाल अवार्डबाट सम्मानित गर्न लागेको हो ।

फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर यसबारे उनलाई जानकारी दिएको हो । कार्की एक दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् ।

प्रियंकाले अवार्ड पाउने भएपछि उनकी सासु तथा पूर्व बैंकर रविना देशराजले नेपाली चलचित्र क्षेत्रकी ‘रानी’ भन्दै प्रशंसा र बधाई दिएकी छन् ।

‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डको लागि योग्य थियौ,’ उनले सामाजिक सञ्जाला उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *