भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द

भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सिमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।  जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सिमानाका बन्द हुने उनले जानकारी दिए ।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टा अगावै सिमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो’, उनले भने ।  पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर