सेवाग्राहीबाट घुस लिने वडाध्यक्षका विचौलिया पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिने वडाध्यक्षका विचौलिया ध्रुव बहादुर कडायतलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा सेवाग्राहीबाट चार लाख घुस लिने विचौलिया कडायतलाई अख्तियारको टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बस्ने कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष तामाङको निर्देशन बमोजिम घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा रिसवतमा संलग्न विचौलिया कडायतलाई सेवाग्राहीबाट नगद दुई लाख रुपैयाँ र उनको नाममा काटिएको दुई लाखको चेक एक थान गरी चार लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्वुस्थित चन्द्रागिरी नगरपालिका कार्यालयको गेट अगाडि सडकबाट नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर