२५ दिन हिँडेर काठमाडौं किन आए मधेशवासी ?

चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औँ दिनमा आज काठमाडौँ आइपुगेको छ । उनीहरू वैशाख १७ देखि निरन्तर पैदल यात्रामा छन् ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरू काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् । यादवले आफूहरू १२ बुँदे माग बोकेर काठमाडौँ आएको सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *