एसिया कपका लागि बन्द प्रशिक्षणमा २८ खेलाडीको नाम घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी वुमन्स एसिया कपको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ ।

आगामी जुलाई १९ देखि श्रीलंकामा एसिया कपको हुनेछ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन् । ८ टोलीको सहभागिता रहने प्रतियोगिता २८ जुलाइमा सकिनेछ ।

एसिया कपका लागि नेपालले आजदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, सबनम राई, रुबी पोद्दार (विकेटकिपर), खुशी डंगोल छन् ।

यस्तै, लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर