सिरोहियालाई समाचारको विषयमा समातिएको छैन : ओली

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्न पुगेका उनले यस्तो बताएका छन् ।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर !,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित ग¥यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो….’ उनले भने ।

ओली जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए ।

उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *