गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन शर्माको माग

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने संसद्मा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ छ । शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गरे । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।

‘नयाँ पार्टीका साथीहरुले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरु खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो कांग्रेस ? साथीहरु भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली कांग्रेस पार्टीले संसदमा प्रस्ताव नै दर्ता गरिसकेको छ । ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौं भनेर प्रस्तावित गरेका छौँ,’ शर्माले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *